ए निस्टुरी झुटो रहेछ तिम्रो माया

everest kitchen

कैलाश बोहरा

सोझोपनको फाइदा उठाई ढाटेर गयौ।
सबैसँग मेरो कुरा किन काटेर गयौ ।।
प्रीतिको डोरी भन्दै गासेको हाम्रो माया
चुडाउनु थियो भने किन बाटेर गयौ।।
सम्बन्ध नै तोडेेर टाढा हुनु थियो भने
झुटो तिम्रो माया किन साटेर गयौ ।।

प्रेम कहानी सुभारम्भ कहाँ बाट गरम म निशब्द छु ।
हुन त प्रेम भन्ने शब्द आफै मा महत्वपूर्ण बलवान् शब्द हो प्रेम भन्ना साथ जो कोहि लाई पनि प्रेम गर्न मिल्छ सजिव तथा निर्जीव सम्पुर्ण लाई प्रेम गर्न मिल्छ । त्यहीँ प्रेम को एउटा अंश बिपरित लिङ्गी संग को सम्बन्ध लाई जोड्न गयको छु । प्रेम गर्ने जोडि भाग्यमानी मात्र एउटा संग सम्बन्ध जोडेर सफल हुने गर्दछ्न धेरै प्रेम गर्ने जोडि हरु असफल भयका तपाई हामी माझ प्रस्ट जलन्त उदाहरण छ्न।

आज भन्दा केही बर्ष पहिले सामाजिक संजाल बाट नजिकियको हाम्रो प्रेम सम्बन्ध लाई अगाडि बढाउने अनुमति माग्दछु। एक दिन को कुरा थियो फेसबुक चलाउदै गर्दा फेसबुक मा एउटा युवती को रिकोईस्ट आयको थियो रिकोइस्ट आई सके पछि मैले पनि को रहेछ भनी प्रोफाईल चेक गरे र एसेप्ट पनि गरे ।

बिस्तार बिस्तार हाम्रो सामाजिक संजाल बाट दुरि नजिकिदै गयो उन ले मन परायको आभास दिन थालिन मेरो मन लाई पगाल्न थालिन मान्छे को मन हो पगाले पछि पग्लिहाल्दो रैछ। प्रेम प्रस्ताव राखिन तर मैले छिट्टै स्विकार्य को थिएन । बिस्तार बिस्तार अन्जान मै प्रेम प्रस्ताव लाई स्विकार्न पुगे छु । हरेक दिन बोल्दा बोल्दै हाम्रो प्रेम सम्बन्ध यति प्रघाट हुन पुग्यो उस्को बोली न सुने सम्म खाना पनि खाय जस्तो हुदैन थियो हामी प्राय आफ्नो कार्य मा भय पनि निरन्तर कुरा मै जोडिरहेका हुन्थेउ।

उ एउटा देश को सेवक बनेर देश र जनता को सुरक्षा मा खटिएकि थियिन भने म पसिना चुहाउदै बिरानो मुलुक मा श्रम गर्दै थिए। गरेका दिन को सुरुवात संगै न सुत्नुन्जेल सम्म हामी सामाजिक संजाल बाट जोडियर नजिक भैइरहन्थेउ यसरी नै हाम्रो दिन चर्या चलिरहेको थियो ।

तर उन्को लागि समय बिताउने एउटा हतियार मात्र रहेछु बल्ल महसुस हुदैछ उन्को माया दुई तर्फे रहेछ म संग समय बिताउने र अर्को संग बिहे गर्ने योजना संका त कहिले काहीं लाग्ने गर्थ्यो मैले फोन गर्दा फोन मा बोलिरहदा चट्टा काल र अरु को फोन रिसिभ गर्दा तेतिबेला कहिले संका गरिज्थी किन कि साथिहरु हुन्छ्न कुरा गर्दा के फरक पर्छ र भने जस्तो सोझो मन हुन्थ्यो।।

तर उस्को त अर्कै रहेछ आज भन्दा एक महिन असार तिर मलाई खबर सम्म न गरि बिहे गर्ने खबर पाय म झसङ्ग भय छाङा बाट खसे जस्तै भय म संग कुनै शब्द नै रहेन कारण बहस उन्को नाटक किर्याक्रलप पन् ले बिवाहा त असफल भयो तर उन्को त्यो बिवाहा गर्ने योजना पछि को व्यबहार भने तुच्छ ।

भयो म प्रती को माया पुरै घट्यो म छट्पटी दै उन्कै याद मा भौतारिन थाले पागल हुन थाले म्यासेन्जर मा कल गर्दा लगाउदा जहिले नि ब्यस्त लागि हाल्यो भने पनि कहिले उठेन ।मलाई पुरै संका लाग्यो किन फोन उठ्दैन के भयो भनेर उस्को ईमो नम्बर जिमेलमा सेभ गरेर राखेको थिए खोले तर । खोल्ने बितिकै एउटा युवक को म्यासेज आयो मैले पनि उस्को जवाफ दिदै रिप्लाई दिय तर उनी हरु त एउटा शारीरिक सम्बन्ध मा जोडियका पात्र रहेछ्न म फेरि झसङ्ग भय मैले प्रेमिका लाई रिस थाम्न न सकेर मुख भरी को जवाफ र गालि को ओईरो लगाय जस्लाई हत भन्दा बढी ।

माया गरे उस्को चर्तीकला राम्रो लागेन यस्ता घटना हरु धेरै फेला पारेको थिए तर उस्को गल्ति न भयको कारण सम्झायर माफी दिय तर ईमो र फोन नम्बर मा हुदो रैछ भ्रष्ट! निस्टुरी यसरी सबै को मन संग कहिले न खेल्नु मेरा आँखा बाट आँसु खसेजस्तै तिम्रा आँखा बाट आँसु न खसुन बाकी अध्याय अर्को भाग मा।

हाल : मलेसिया