युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको लागि राजदूत नियुक्त

everest kitchen

काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने भएका छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई आज बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई पनि बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको छ भने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए ।

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ । ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए । पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो ।