प्रलोभनमा पारी महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा

फोटो फाइल

सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका-१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन् ।

स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका-८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर-१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ती महिलाहरुलाई विभिन्न प्रलोभनमा पारि भारत तर्फ लिइदै गरेको बुझिएको प्रहरीले बताएको छ ।

उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दु:ख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।