लोकसेवा आयोगको नक्कली परीक्षा संचालन नियन्त्रणमा

everest kitchen

पर्सा । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा संचालन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा संचालन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

साथै उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ । वीरगञ्ज–१६ स्थित देव पार्टी प्यालेसमा परीक्षा चल्दै थियो । लोक सेवा आयोगको परीक्षा भनेर प्रवेश पत्र, प्रश्न पत्र, उत्तर पुस्तिका बाँडिएको थियो । लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा भनी परीक्षा चलाइएको पाएको हो ।

लोक सेवा आयोगले कुनै परीक्षा गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सासँग नभएपछि । जिल्ला प्रहरी कार्यालय तथा प्रहरी कार्यालय विर्ताबाट प्रहरीको टोली पुगेर सोधपुछ गरेपछि षडयन्त्रको पर्दाफास भएको थियो । परिक्षार्थीलाइ जागिर लगाउने ग्यारेन्टी गरेको पाएको छ ।

प्रहरीले नक्कली लोकसेवा परीक्षा सञ्चालनको योजनाकार बारा जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोल बस्ने २९ वर्षीय अजयकुमार रायलाई प्रहरी निरीक्षकको पोशाकमै नियन्त्रणमा लिएको छ ।