डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस

everest kitchen

काठमाडौं । सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट फुड मुभमेन्टमा पिएचडी गरेका छन्।
विश्वकर्मा दलित समुदायबाट राजदूत बन्ने तेस्रो व्यक्ति हुनेछन्। उनि ओलीनिकट मानिन्छन् ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ । सरकारले पछिल्लो समय राजनीतिक नियुक्तिलाई प्रमुखताका साथ अगाडि बढाएको हो ।