वफादारी : कल्पना गैरे

कल्पना गैरे

लघुकथा : वफादारी

कल्पना गैरे

छाेरा छाेरी पढाउन , राम्राे स्वास्थ्य उपचार पाउन र राम्राे राेजगारको अाशाले गाँउकाे खेतबारी बेचेर सबै गाउँलेहरू सहर बजार झरे । तर निमबहादुरसंग बजार झर्ने उपाय नै केही थिएन ।

चार जनाकाे सानाे परिवार थियाे । गाँउमा घना जङ्गलकाे छेउमा निमबहादुरकाे सानाे कटेरो थियो । बिहान बेलकाको छाक टार्न , अलिकति बारी थियो । गाेठमा एउटा गाई र खाेरमा केही बाख्रा पालेको थियो । अनि एउटा कुकुरसमेत पालेकाे थियाे । उसले रहरले होइन , करले कुकुर पाल्नु परेको थियो । गाँउमा नजिक बस्ती थिएन । जङ्गली जनावरको अाक्रमण र चाेरकाे डर थियो । कुकुर पनि निकै चलाख र ज्ञानी थियाे ।

एकदिन निमबहादुरकी श्रीमती मनमाया घर नजिकै बारीमा काम गरिरहेकी थिई । भाेकाएकाे बाघ मन मायालाई देखेर जङ्गल तर्फबाट झम्टिदै अायाे । बाघ अाएकाे चाल पाएपछि कुकुर जाेर जाेरले भुक्न थाल्याे । कुकुर भुक्दै अगाडि बढ्याे । बाघ अाएकाे चाल पाएपछि मनमाया दगुर्दै नजिकैकाे घरभित्र पसी र अाफ्नाे ज्यान बचाई । तर बिचरा ! कुकुर, बाघको अाहारा बन्यो ।