कोभिड बिरामी ट्रम्प थप उपचारको लागि अस्पताल गए

everest kitchen
फोटो : रोयर्टस

ऐजेन्सी । कोरोना भाइ’रसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ । शुक्रबार आफुलाइ भाइरसको संक्रमण पुष्टि भएको सार्वजनिक गरेका ट्रम्पको स्वास्थ अवस्था अहिलेसम्म ठिक रहेको र थप उपचारको लागि अस्पताल लगिएको हो ।

उपचारका लागि सैनिक अस्पताल जाला उनी हेलिकप्टरतर्फ गएको बताएको छ । उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ । आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टा पछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल लान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए।

कोभिडलाई खासै महत्त्व नदिएका ट्रम्पलाई संक्रमण पुष्टि भएसंगै उनी स्वास्थ प्रति चिकित्सकको सल्लाह अनुसार स्वास्थ सुधारको प्रयास गरिरहेको बताएको छ । मास्क र सुट लगाएका ट्रम्पले अस्पताल जादा पत्रकारहरेलाई हात हल्लाएपनि त्यहाँ उपस्थित संवाददाताहरूसँग कुनै पनि कुरा नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोभिड प्रकोप संगै अमेरिकाको अर्थतन्त्र अत्यधिक असर परेको बताएको छ भने हालसम्म २ लाख १३ हजारबढिको मृत्यु भएको छ भने ७५ लाख ४९ हजारबढिमा संक्रमण देखिएको छ । त्यस्तै ४७ लाख ७६ हजारबढि निको भएका छन् भने २५ लाख ५८ हजार बढि सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।