कमल रेग्मीको “हुन्न रहेछ परदेशमा” सार्वजनिक (भिडियो

everest kitchen

काठमाडौं । वैदेशिक रोजगारमा रहेका सम्पुर्ण नेपालीहरु प्रति समर्पित मार्मिक गीत ‘हुन्न रहेछ परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। परदेशको पिडा समेटिएको यस गीतमा स्वर गायक कमल रेग्मी रहेको छ भने शब्द श्रीकृष्ण अधिकारीको रहेको छ ।

यस गीतलाई कमल रसाइलीले संगीतवद्द गरेका हुन्। गीतमा टेकेन्द्र याक्शोको संगीत संयोजन रहेको छ। कोरना कहरविच सार्वजनिक गरिएको भिडियोमा कोरनाको कारण यसपटकको दशैँ, तिहारमा घर आउन नपाउनुको दुख पिडा पोखिएको छ । म्युजिक भिडियोमा सारिका केसी र श्रीकृष्ण अधिकारी मुख्य भुमिकामा फिचर्ड छन् भने साथमा कशिश रेग्मी र प्रतिक अधिकारीको अभिनय देख्न सकिन्छ।

रक कौशलले छायांकन गरेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो। यस गीतका रचनाकार र कलाकार अधिकारी लामो समय विदेशमा काम गरेर हाल नेपालमा आधुनिक कृषि व्यवसायमा संलग्न छन् र गायक रेग्मी पनि विदेशमा काम गरेको अनुभवलाई समेट्दै हाल कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन्।