प्रधानमन्त्रीका ६५ सुरक्षाकर्मीलाई पनि कोभिड पोजेटिभ

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । अरु केही सुरक्षाकर्मीको रिपोर्ट आउन बाँकी रहेको र भोलि सम्म आउने बताएको छ ।

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको छ । शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

यधपी स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकारहरूलाई कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यबारे चासो बढेको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ।