नतमस्तक : मिसु श्रेष्ठ

लघुकथा : नतमस्तक

मिसु श्रेष्ठ

अाज बिदाको दिन थियो । हामी दम्पतिलाई अाफन्तलाई भेटन जानु थियो । सार्वजनिक नेपाल यातायात गाडीको साधारण सिटमा हामी श्रीमान, श्रीमती बस्यौं। गाडी हिडेर अर्को स्टपमा अाउँदा गाडी रुक्यो । फुत्त एकजना दुब्लो , पातलाे ,टिठ लाग्दाेे मानिस चढ्यो ।

उसले दाैरा, सुुरुवाल, स्टकाेट र टाेपी लगाएकाे थियो । निधारमा लामो चन्दन लगाएकोले बाहुनजस्ताे देखिन्थ्यो । ऊ गाडीको गतिसँग अाफूलाई नियन्त्रणमा राख्न नसकेर हुर्रिरहेकाे थियोे । श्रीमान् दयावान भएर उनलाई सिट छाडिदिनु भयो । ऊ मेरो छेउमै बस्यो । गाडी हिँडेदेखि नै म निदाएझैँ झुम्म झुम्म थिएँ ।

मेरो जिउलाई कता कता अप्ठेरो महशुस भएझैँ लाग्यो । शायद बसको चापले हाेला भनेर म झन झ्यालतिर साँघुरिदै थिएँ ।अाँखा खाेल्ने जाँगर नि लाइन। त्यो मान्छेकाे अाधाजति शरीर मेरो भार बन्दै थियो । म सशंकित भएँ ।बिस्तारै सम्झेँ मोबाईल , पैसा , घडी ? सबै चेक गरेँ , अर्धनिन्द्रामै ! ढुक्क भएँ । एकछिनपछि त्यसको हात मेराे शरिरतिर बढिरहेको महशुस भयो । मन ढक्क फुल्याे। अातंक र क्राेधले जिउ झट्कारेर हात खसालिदिए ।ऊ केही हच्केझैँ लाग्यो ।

म पुरै अाफुमा केन्द्रित हुदै थिएँ ।त्यसले फेरि ठाउँ नपाएझैँ मेरो काखमा हात बढाउदै थियो । म चलेँ । उसले हात हटाएन ।म स्थिर रहेँ। उसकाे हात अझ चल्बलाएझैँ लाग्यो। म बिलखबन्धनमा परेँ ।लामाे लामाे स्वास फेर्दै अाँखा चिम्म गरेर दुई हातले त्यसको घाँटी अठ्याएँ र झुरुक्क उठेँ ।

अगाडि उभिएको श्रीमानले ` के भाे ?´ भन्नुभयो । म झसङ्ग भएँ । त्यो मान्छेलाई हेरेँ । अर्को मान्छेसँग कुरा गरिरहेको थियो । उहाँले “ झराैँ ´ भन्दै अाेर्लन लाग्दा गाडीको भित्तामा लेखेको देखेँ , “तपाईंलाई कसैले अनावश्यक स्पर्श त गर्न खाेजिरहेकाे छैन ? अावाज दिनुहोस् ।´´