कुलमान घिसिङ र डाक्टर केसीको समर्थनमा मोटरसाइकल र्‍याली

everest kitchen

प्रकाश दिप्साली राई

नडाहा । सकारात्मक परिवर्तनको लागि युवा जमातले अगुवाईमा नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ती तथा आमरण अनसनरत डा.गोविन्द के.सी.को मागलाई सम्बोधन गर्न माग गर्दै आज बराहक्षेत्रका युवाहरूले मोटरसाइकल र्याली गरेका छन् ।

नडाहाबाट दिउँसो १.०० बजे सुरु भएको सो र्याली चतरा, नगरपालिकाको कार्यालय अगाडी चक्रघट्टी, प्रकाशपुर, राजाबास, बाङ्गे हुँदै नडाहामा नै आएर टुङ्गिएको थियो । विभिन्न ठाउँमा वक्ताहरूले आफ्नो धारणासमेत राखेका थिए । यसरी धारणा राख्ने वक्ताहरूमा रमेश कफ्ले, सन्तोष चौलागाई, प्रतीक राई, केशव पुरी लगायत थिए ।

उनीहरूले कुलमान घिसिङलाई पुन:नियुक्त गर्नुपर्ने, डाक्टर गोबिन्द के.सी.को स्वास्थ्य दिनानुदिन गुज्रिरहदा सरकार कानमा तेल हालेर बस्न नहुने र तुरुन्त डा. के.सी.को माग पूरा गर्नु पर्नेमा जोड दिए । र्यालीमा सहभागीहरूले कुलमान घिसिङ र गोविन्द के. सी. का पक्षमा लेखिएका विभिन्न प्लेकार्ड तथा उनीहरूका फोटो समेत प्रर्दशन गरेका थिए ।

यो र्याली स्वत स्फुर्त युवाहरूले अगुवाइ गरेको यसका अगुवा सन्तोष पुरीले बताए । ‘यहाँ न जाती छ न पाटी छ छ त केबल राष्ट्र प्रेम छ । राष्ट्रलाई समृद्धि र परिवर्तन गर्नु पर्छ भन्ने सकारात्मक सोच छ’ उनले थपे ।