जनता माग्छन् अस्पताल, सरकार दिन्छ भ्युटावर : त्रिवि चिकित्सक

everest kitchen

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षा सुधारको माग राखेर आइतबार चिकित्सकहरूले डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन् ।

चिकित्सक शिक्षा सुधारको लागि १९ औं पटक डाक्टर केसी अनसनरत छन् । जुम्लामा अनसन बसेका उनलाई काठमाडौं ल्याएर शिक्षण अस्पताल राखिएको छ।
चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर ‘जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटावर’ जस्ता लेखिएका प्लेकार्ड लिएर शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रेको छ । अक्सिजनको सहाराले बचाउनपर्ने बाध्यता रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । केसीको समर्थनको लागि सडकमा विभिन्न समुहले दबाब दिएपनि सरकार भने मैने रहेको छ । सरकारले केसीको माग सम्बोधन बारे केहि केहि चासो नदेखाएपछि चौतर्फी आलोचना हुदै आएको छ ।