मलेसियाबाट अशक्त भई फर्केका नन्दकुमारलाई “प्रवासी नेपाली एकता संजाल”को ५० हजार सहयोग

everest kitchen

सपना बस्याल

धरान । तिन महिना अगाडि मलेशियामा विरामी भई अशक्त भई नेपाल फर्केका धनकुटाका नन्द कुमार लिम्बुलाइ प्रवासी नेपाली एकता संजाल नामक संस्थाले रु पचास हजार सहयोग गरेको छ ।

धन कुमार मलेशियामा रहँदा केहि महिना अगाडि अचानक वेहोस् भएको अवस्थामा धनलाई त्यँहाको सरकारी अस्पतालमा साथिहरुले लगेका थिए । उनको दाहिने मष्तिष्कमा ट्यूमर रहेको र त्यसले मष्तिष्कलाई दख्खल दिएको समस्या देखिएपछि शल्यक्रिया गरीएको तर उपचार खर्चको अभावमा अस्पतालमा अलपत्र अवस्थामा थिए ।

धनकुटा घर भएका नन्द कुमार लिम्बुलाई पेनाङ्गस्थित नेपालीहरुलाई सहयोग गर्ने संस्था जनउद्धार केन्द्रले गत अगष्ट ३० तारिख उद्धार गरी नेपाल पठाएको थियो ।
दाहिने मष्तिष्कमा शल्यक्रिया गरेपछि धनकुमारको देव्रे पाटो पुरै नचल्ने अवस्थामा छ । नेपाल फर्केर आइसोलेसन सकिए पछि उनी धरान फर्केर बाँकि उपचारको लागि धरानमा वस्दै आएका छन् ।

विगत दश वर्ष देखि वैदेशिक रोजगारमा गएका र फर्कीएका श्रमिकहरुको हक हितको लागि काम गर्दै आएको प्रवासी नेपाली एकता संजालका प्रतिनीधि पारस मणि भट्टराईले अक्टोवर ४ मा धन र उहाँको श्रीमतिलाई भेटी रकम हस्तान्तरण गर्नुभएको छ । मलेशियामा भएको शल्यक्रियाबाट जिवन पाएका धन कुमारको उपचार अझै बाँकि रहेको छ । गत हप्ता धरानको वि पि कोइराला विज्ञान प्रतिष्ठान अस्पतालमा मष्तिकको अर्को शल्यक्रिया भएको छ र अर्को प्लाष्टीक सर्जरीका शल्यक्रिको निम्ति तयारी भईरहेको जानकारी चेकअप रहेको नन्दकुमारकि श्रीमति शिवकला लिम्बुले भेटमा वताउनुभएको छ ।

धनकुटाबाट टाढा पर्ने भएकोले धरानमा एउटा कोठा भाँडामा लिएर वसेको जानकारी भट्टराईले हिमालटाइम्स्लाई दिनुभयो । नन्द लिम्वुले शरीरलाई अझै धान्न नसक्ने अवस्थामा छन् तर केही वेर बस्न सक्ने छन् । बाँकि उपचारको लागि खर्च चाहिएको अवस्थामा सहयोग प्राप्त गर्दा लिम्बु दम्पत्ती भावुक हुनु भएको र सहयोग गर्नुहुँने प्रवासी नेपाली एकता संजाल र जनउद्धार केन्द्र लगायत सबैलाई भई धन्यवाद दिनुभएको छ भनी मणि भट्टराईले हिमाल टाइम्सलाई वताउँनु भयो ।

गुजारा चलाउन र परीवारलाई पाल्न दर्शौ लाख युवाहरु वैदेशिक रोजगारमा जाँदा विरामी भई फर्कदाँको पिडा नन्द र उनको परीवारमा झल्कन्छ । प्रवेशाज्ञा भिसा सकिएको अवस्थामा नेपाल फर्किएका नन्दले सरकारको तर्फबाट केहि पनि क्षतिपुर्ति पाउँन सकेनन् । नन्द जस्ता अशक्त भएर फर्किएका लागि सरकारले केहि सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।