गायक हेमन्त शर्माको “तिमी बाहेक मेरो कोही छैन” सार्वजनिक (भिडियो )

everest kitchen

काठमाडौं । एक पछि अर्को सफलता   गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन ’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो । गायक हेमन्त शार्माको केहि समय अघि “वनमारा” भन्ने गित अायको थियो । उक्त गीत पनि मनपराइएको थियो

गीतमा हेमन्त शर्मा र एलिना चौहानको स्वर छ । शब्द तथा संगीत पनि गायक स्वयंको छ । गीत एरेन्ज कृष्ण बिकेले गरेका हुन् । कोरियोग्राफी देवेन्द्र पाण्डेको रहेको भिडियो रुपेश थापाले खिचेका हुन् । पल शाहले सम्पादन गरेको भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् ।

भिडियोमा पल शाह र रियासा दाहालले अभिनय गरेका छन् । कन्सेप्ट अशोक मल्लको छ । भिडियो निर्माण प्रकाश राज र खिमा थापाले गरेका हुन् । गीत हेमन्त शर्मा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।