सल्यानको एक जङ्गलमा बेवारिसे बालक फेला

everest kitchen
भेटिएका भनिएका बालक । फोटो : डीपीओ सल्यान

काठमाडौं । सल्यानको शारदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् । सल्यानको श्रीनगर बाट खलंगा जाने बाटोको नजिक एकान्त जंगलमा अन्दाजी वर्ष १ को बालक फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय सल्यानले एक सुचनासहित तस्बिर सार्वजनिक गर्दै तस्विर हरु हेरी बच्चा तथा निजका परिवार आफन्त चिन्ने महानुभावले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको अवस्था सामान्यय रहेको जिल्ला अस्पतालले बताएको छ ।

वनमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँदै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । आमाले बालकलाई बिहानपख छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालक संगै बालकका कपडा राखिएका झोला समेत फेला परेको छ ।