प्रदेश पाँचको राजधानी प्रस्तावको पक्षमा मतदान गर्न नेकपाको व्हीप

everest kitchen

बुटवल । आज बिहान बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश सभाको संसदीय दलको बैठक सकिएको छ । बैठकले मतदान गर्न मिल्ने सांसदहरुलाई पक्षमा मतदान गर्न भनिएको नेकपाका सचेतक भूमिश्वर ढकालले बताएका छन् ।

‘बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्नुभयो,’ सचेतक ढकालले भने। उनका अनुसार नेकपा अध्यक्षद्धयको समर्थन अनुसार न‌ै सबैलाई उपयुक्त हुने गरि दाङको र अर्घाखाँची सिमानामा रहेको राप्ती नदिको किनारामा रहेको राप्ती उपत्यकालाई राजधानी प्रस्ताव गरिएको हो ।

यता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश पाँचको राजधानी दाङको देउखुरीलाई बनाउने सहमती भएसँगै आफ्नो पार्टीका प्रतिनिधीहरुलाई राजधानी दाङकै पक्षमा मतदान गर्न व्हीप जारी गरेको छ । प्रदेश सभाको बैठक केहि बेरमा बस्दै छ । संभवत लगभग साढे दुई वर्षपछि प्रदेश पाँचले नाम र स्थायी राजधानी पाउनेछ ।