बिरोध गर्ने सांसदलाई सभाभित्रबाट घिसारेर निकालिहाल्न मन्त्रीको निर्देशन

everest kitchen

बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा काङ्ग्रेस सांसदले प्रदेश सभा भित्र नाराबाजी गरेका छन् । उनीहरू नाराबाजीको साथै कुर्सी टेबल तोडफोड गर्दै सभामुख समेतलाई आक्रमणको प्रयास गरेका हुन ।

काङ्ग्रेस सांसद अवरोध गर्ने हेतुले सभाभित्र नाराबाजी गरेपछि प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदलाई घिसारेर निकाल्न निर्देशन दिएका छन्। आफूले बोलिरहेका बेला नाराबाजी र टेबुल ठटाइरहेका विपक्षी दलका सांसदलाई रोष्टमबाटै मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले बाहिर निकाल्न निर्देशन दिए।

मन्त्री केसीले आफूभन्दा अगाडि रहेका मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले भने, ‘हेल्लो, समातेर हालि दिनुस्। घिसारेर निकालिहाल्नुस्। निकालिहाल्नुस्।’ त्यतिबेला कांग्रेस सांसदले संसदीय मर्यादा कायम् गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए ।

उनी आक्रोसित हुदै प्रजातान्त्रको लागि आन्दोलन गर्छु भन्नेले यसरी प्रजातन्त्रको मजाक नगर्नुहोस् , हिजो धेरै मान्छे धुलोपिठो हुने यहीँ कारण हो भन्दै मर्यादको पालना नगरि सभामुख माथि हातपात गर्ने भन्दै मन्त्री केसीले रोष्टमबाटै आक्रोस पोखेका थिए ।