नवनियुक्त तीन राजदूतहरुबाट शपथ ग्रहण

everest kitchen

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । विभिन्न तीन दृशका लागि नेपाली राजदूतको रुपमा जिम्मेवारी प्राप्त गरेका नवनियुक्त राजदूतहरुले आइतबार राष्ट्रपति समक्ष सपथ लिएका हुन ।

राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन।

सपथ ग्रहणको सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु लगायतको सहभागिता रहेको बताएको छ । उपस्थित पदाधिकारीले राजदूतहरुलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।