पार्टी एकताको सबै नेता, कार्यकर्ताहरुले रक्षा गरौँ : पौडेल

everest kitchen

काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको बताएका छन् ।

अर्थमन्त्री पौडेलले गंभीर संकट उत्पन्न भएको बेला आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ताहरुलाई पनि अनुरोध गरेका छन ।

“यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।” अर्थमन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन ।