मेसिन दुर्घटनामा परि घाइते भएका टेक बहादुरलाई मगर संघ मलेसियाको सहयोग

everest kitchen

मलेसिया । मलेसियामा मेसिन दुर्घटना परि घाइते भएका ओखलढुंगा ढुङ्गा चम्पादेबी गाउँपालिका-२, पलापु टोल निबासी टेक बहादुर पुलामी मगरलाई मगर संघ मलेसियाले आर्थिक सहयोग गरेको छ । गत सेप्टेम्बरमा मेसिन दुर्घटनामा परि घाइते भएका मगरलाई संघले एकमुष्ट सहयोग गरेको हो ।

बिगत 6 बर्षदेखी मलेसियाको ईपो पेराक स्थित ऐऐआई एसडीएन बिएचडीमा कार्यरत मगर कम्पनीको ड्युटी गर्दै गर्दा मेसिन दुर्घटना मा परी बायाँ हात गुमाएका थिए । उनको उपचार खर्च कम्पनीले व्यहोरीरहेको भए पनी अझै थप उपचार र कृतिम हाट राख्न डाक्टरहरुले सल्लाह दिएको र घरको आर्थिक अवस्था कमजोर भएकोले पीडितले सहयोगको अपिल गरेपछि थोर‌ै भएपनि आरएम ५५० सहयोग गरेको मगर संघले बताएको छ ।

बिरामी मगरलाई थप सहयोग आवश्यक भएकोले थप जानकारी र सहयोग गर्न चाहानु हुने इच्छुकले बिरामीको फोन नम्बर ०१६३३९५४३६ सहयोगी लोकेन्द्र पुन मगर ०१०७६१८०६३ र राम प्रसाद पुन ०११२३८१३२६२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।