“बरबर आँशु” बोलको गीतको भिडियो सार्वजनिक

everest kitchen

काठमाडौं । सर्जक  शक्तिराम दशाैंदी र केशव सावकाेटाकाे सांगितीक काेसेली बरबर आँशुकाे भीडीयाे सार्वजनीक भएकाे छ । जनता डिजिटलकाे  व्यानरमा  निर्माण गरीएकाे म्युजीक भीडियाेमा  गायक विरेन्द्र बुढा र गायीका बिष्नु माझीले  शुमधुर स्वर दिएका छन ।

उक्त गितकाे शब्द  सर्जक शक्तिराम दशाैँदीकाे हाे, भने जसमा  म्युजिक   केशव सावकाेटाले भरेका छन , गितकाे एरेन्ज  राजु शुनामले गरेका हुन । अडियाे माला श्री स्टुडियाेले   निर्माण  गरेकाे हाे । गित बर बर अाँशुकाे म्युजीक  भिडियाे अाइतवार दीउसाे  जनता डिजिटल युटुव च्यानलवाट सार्वजानिक भएकाे छ ।   सार्वजनिक म्युजिक भिडियाेमा किसाेर खत्री , रेजिना विष्टकाे दमदार अभिनय देख्न सकिन्छ ।

म्युजिक  भिडियाेकाे डाइरेक्सन शिर्जन बराले गरेका हुन भने , छायाँङ्कन  राजेश घिमिरे र दिपक गिरीले गरेका छन । म्युजिक भिडियाे  सम्पादन भने  अमृत चापागाइले गरेका हुन । विशेष गरी माया  पिरतीमा  बाध्यताले टाढा भएर, पुन भेट हुन नसक्दा परेकाे पिडा र बेदनालाइ भिडियाेमा देखाउन खाेजिएकाे छ ।