काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० कोभिड बिरामी थपिए

everest kitchen

 

काठमाडौं । काठमाडौं उपत्यका थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये ७ सय २ जना महिला छन् भने बाँकी ९ सय २८ जना पुरूष हुन्। काठमाडौंमा ६४ हजार ५ सय ४६ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४८ हजार १ सय ८५ जना निको भइसकेका छन् भने २४३ जनाको मृत्यु भएको छ। यस्तै, १६ हजार १ सय १८ जना संक्रिय संक्रमित छन्।

यसैगरी, भक्तपुरमा ५ हजार ९ सय ३ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४८०३ जना निको भइसकेका छन् भने ६७ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित १०३३ जना छन्। त्यस्तै, ललितपुरमा ९१५१ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ६८०० जना निको भइसकेका छन् भने ६३ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित २२८८ छन्।