नेपालको नाममा संघीय लोकतान्त्रिक गणतन्त्र हटाएको प्रति मञ्चको आपत्ति

everest kitchen

 

काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरकारले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र ’हटाएको प्रति घोर आपत्ति र विरोध जनाउदै उक्त निर्णय खारेज गर्न माग गरेको छ ।

मञ्चले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै ०६२ /६३ को जनआन्दोलन–२ ,जनयुद्ध र संघीय आन्दोलन ( मधेश ,लिम्बुवान ,थरुहट ) को बलमा स्थापना भएको गणतन्त्र र उक्त गणतन्त्रलाई ०७२ को संविधानमा ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो’ भनेर प्रस्ट उल्लेख गरेको भएपनि सरकारले क्याबिनेट निर्णयबाट नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र ‘ वाक्यहरु हटाउने निर्णय नेपाली जनक्रान्ति र गणतन्त्र विरुद्धमा भएको साथै देशको लगि अति घातक र प्रतिगमनकारी निर्णय भएको भन्दै घोर आपत्ति र विरोध जनाउदै उक्त निर्णय खारेज गर्न माग गरेको हो ।

“खासगरी राजालाई जनक्रान्तिले गद्दीच्युत गरेपछि उक्त देशको नाम अगाडी गणतन्त्र (रिपब्लिक ) लेख्ने विश्वव्यापी मान्यता छ ।सन् १९४७ मा भारत स्वतन्त्रतासँगै त्यहाँ राजतन्त्रको उन्मुलन गरिएकोले भारतलाई रिपब्लिक अफ इन्डिया भनिन्छ । यसरि नै सन् १९४९ मा चीनमा राजतन्त्रको चिहान खानिएकोले चीनको आधिकारिक नाम People’s Republic of China हो। रुसमा सन् १९१७ को जनक्रान्तिले त्यहाको राजा जार को टाउको काटेकोले त्यसबेला रुसको नाम USSR – Union या Soviet Socialist Republic राखिएको थियो । जर्मनीमा सन १९१८ मा भएको क्रान्तिले त्यहाको राजा खेदेपछी आजसम्म जर्मनीको आधिकारिक नाम Federal Republic of Germany रहिआएको छ ।

यसरि नै सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिले त्यहाको २७ सय बर्ष पुरानो राजतन्त्रको जरा उखेली दिएपछि इरानको आधिकारिक नाम Islamic Republic of Iran रहदै आएको छ ।अफगानिस्तानमा सन् १९७३ मा भएको विद्रोहले त्यहाको राजालाई अपदस्थ गरेपछि अनेकै उतार चढाव पछी पनि हाल त्यहाको आधिकारिक नाम Islamic Republic of Afganistan रहेको छ त्यसिर नै नै नेपाली जनताको महानक्रान्तिको बलमा ०६४ सालदेखि नेपाललाइ Federal Democratic Republic of Nepal भनिएको हो ।” विज्ञप्तिमार्फत प्रस्ट्याइएको छ ।

मन्त्रीपरिषदको गत असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ’ र अंग्रेजीमा ‘Federal Democratic Republic of Nepal’ या ‘Nepal ‘नेपाल गरेकोमा अब उप्रान्त नेपालको नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ निर्णय गरेको थियो ।