सुदूरपश्चिमेली समाज मलेसियाको क्यान्सर पिडित कामीलाइ आर्थिक सहयोग

everest kitchen

समीर मल्ल । बिगत लामो समय देखि बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत अछाम जिल्ला ढकारी गाउपालिकाका का कपुरे कामीलाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले थालनी गरेको मासिक सहयोग योजनना अन्तर्गत समाजका स्थापक उपाध्यक्ष सामाजिक अभियान्ता तथा नेपालि राजदुतआवस मलेसियाका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाको पहलमा ४५ हजार २४१ रुपैया सहयोग हस्तान्तरण गरिएको छ।

समाजका कोसाअध्यक्ष कैलाश बोहरा र सल्लाहकार जनक बहादुर बमले पिडितका गाउले कृष्ण बहादुर बुढाको नाममा उक्त रकम नेपाल पठाइ सकेको कोषाअध्यक्ष कैलाश बोहराले जानकारी दिए । सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले प्रबासमा रहेर पनि गाउठाउ समाजमा केही राहत पायको अनुभूति होस भन्ने उदेश्यले मासिक रुपमा यो अभियान थालनी गरियको साथै यो समाजले अहिले सम्म दार्चुला, बझाङ ,अछाम गरि ३ओटा अभियान साफल पारी सकेको र अभियान निरन्तर चलिरहने समाजका अध्यक्ष तुलाराम धामीले जानकारी दिए ।

यो अभियानले बिदेसियर मलेसियालाइ कर्मथलो बनायर बसेका हरेक सुदूरपश्चिमेलिहरुलाइ समाज सेवा गर्न उर्जा थपियको र आफ्नो गाउठाउ र समाजको लागि गरिदै आयको यो मानबिय कार्यको चौतर्फी प्रशंसा हुँदै आयको साथै प्रबासमा रहेका युवाहरुलाइ समाजप्रतिको मोह बढेसंग‌ै समाजमा नयाँ सदस्यहरु दिनप्रतिदिन जोडिदै जानुभयको समाजका संरक्षक समीर मल्लले जानकारी दिए ।

साथै समाजका सल्लाहकार टेज बहादुर टमटा र जनक बहादुर बमले समाजाले थालनी गरेको यो अभियानले आफुहरु अत्यन्त खुसी भयको र यो कार्यले समाजको थप उचाई बढ्ने र अरुहरुलाइ पनि सेवामा लाग्न उत्प्रेरित गरेकोले यो अभियान थालनी गरेर निरन्तर सकृयता देखाउनुहुने संरक्षक ज्यु, अध्यक्ष ज्यु ,कोषाध्यक्ष ज्यु लगायत समाजका सम्पुर्ण पदाधिकारी लाई धन्याबाद दिनुका साथै सबै सुदूरपश्चिमेलि हरुलाइ पनि यो कार्यमा सहभागी हुनको लागि आग्रह गर्दै आफू निरन्तर लागिरहेको र लागिरहने सल्लाहकार जनक बहादुर बमले जानकारी गराए ।

उक्त सहयोग कार्यक्रममा बिशेष सहयोग गर्ने सुदूरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द. एसिया संयोजक दिनेश खड्का, समाजको मलेसियाका प्रथम उपाध्यक्ष बिरेन्द्रा धानुक , तृतीय उपाध्यक्ष धन बहादुर भाट, राज्यसमितिका अध्यक्ष पदम राज जोशी लगायत धर्म कुवर, पुर्ण ब लिम्बु, ईश्वर राई ,मनोज चापागाईं ,सन्तोष कार्की , राजु शर्मालाई समाजका मलेसिया महासचिव डम्बर बिस्वकर्माले धन्यवाद दिए ।