खुला मञ्चमा खाना खुवाउँछौँ, कस्ले रोक्छ हेरौँ : साझा पार्टी

everest kitchen

काठमाडौँ । साझा पार्टीले भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खाना खुवाउँने भएको छ । खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने साथै साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने भएको छ ।

केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको विरोध जनाउँदै भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा साझा पार्टीले खाना खुवाउँन लागेको साझा पार्टीका प्रवक्ता शरदराज पाठक जानकारी दिनुभएको छ ।

“कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।,

सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा महानगरको बेईजत भएको भन्दै त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनक थियो ।