आज मलेसियामा १२ जनाकाे निधन हुदा १ हजार ५४ जना नया बिरामि थपिए

everest kitchen

 

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ५४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । आज निधन हुने सङ्ख्या अहिलेसम्मकै धेरै हो।

मलेसियामा हालसम्म ३४ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ८ सय ७५ जना निको हुदा हालसम्म २३ हजार ९९५ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १० हजार १३५ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा ५ सय माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार १० हजार १३५ जनामा संक्रमण सक्रिय रहेको छ ।