नतिजा नआउँदै ट्रम्पले भने–मैले चुनाव जितिसकेँ

everest kitchen

 

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले भनेका छन्, ‘हामी चुनाव जित्ने तयारी छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ ।’ उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन् । उनले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ ।’तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण आएको छैन । उनले मतगणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गरेका छन् ।

अमेरिकाको राष्ट्रपति निर्वाचित हुनका लागि ५३८ इलेक्ट्रोल कलेज मत मध्ये २७० मत प्राप्त गर्नु पर्छ । अहिलेसम्म आएका नतिजा तथा अग्रताहरुमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन साँघुरो अग्रतामा छन् ।