म राजिनामा दिने वाला छैन : प्रधानमन्त्री केपी शर्मा ओली

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।

बुधबार आयोजित एक कार्यक्रममा उनले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए । उनले भने, ‘के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

व्यापक जनसमर्थनबाट हो यो ठाउँमा आएको हो। ढुक्क भएर काममा लाग्नुस्, सरकार फेरिन्छ बदलिन्छ कि भन्ने होइन। केही हुनेवाला छैन,’ उनले भने, ‘भित्र-बाहिर अनेक कोसिस त भए। जेमा पनि आलोचना गर्ने?