पूर्वसभामुख महराद्धारा पत्नीको अन्तिम बिदाई, सभामुख सापकोटाद्धारा दुःख व्यक्त

everest kitchen

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उहाँले स्व महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

सभामुख सापकोटाले विज्ञप्तिमा भनेका छन, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ ।”

त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन ।कोरोना पोजेटिभ देखिएकी निमोनियालगायतबाट पीडित सीताको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो। सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो।