सडकका मजदूरलाई खाना खुवाउने क्रम जारी रहने

everest kitchen

काठमाडौं । काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ ।

“विगत केही दिनदेखि हामीलाई महानगरले खाना नखुवाउन भनिरहेको छ, तर यसरी महिनौँदेखि सञ्चालन भएको अभियानलाई चाडबाडको बीचमै हामी छाड्न सक्दैनौँ”, अभियान्त मध्येका एकजनाले भने, “होइन भने महानगरले नै उनीहरुलाई खाना खुवाओस् ।”

यही विषयमा आज महानगरले खाना खुवाउने करा्यमा बलजफ्ती नगर्ने बरु खुला मञ्चको साटो पार्टी प्यालेसमा खाना खुवाउन आग्रह गरेको बताएको छ । यधपी पार्टी प्यालेसमा खाना खुवाउन सम्भव नरहेको अभियान्ताहरुले बताएका छन् । पार्टी प्यालेस खर्चिलो हुने र रत्नपार्क लगायतका फुटपाथमा बस्ने गरिब र दैनिक ज्यालादारी मजदुरहरु पार्टी प्यालेस धाउन नसक्ने बताएको छ।