प्रधानमन्त्री ओली र प्रचण्ड बीच भेटवार्ता

everest kitchen

 

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

दुवै अध्यक्षबीच बालुवाटारमा भेटवार्ता जारी रहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । पार्टीभित्र देखिएको विवादपछि ओली प्रचण्डबीच आजै भेटवार्ता भएको हो ।

कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट बनेका प्रचण्डको प्रधानमन्त्री ओलीसँग पछिल्लो समय दूरी बढिरहेको छ।