बाजुरेली सेवा समाजको समन्वयमा हिक्मत थापाको विपन्नलाई खाद्यान्न सहयोग

everest kitchen

बाजुरा । बाजुरेली सेवा समाजको समन्वयमा टिका बहादुर थापाका छोरा समाजसेवि हिक्मत थापाको आर्थिक सहयोगमा बाजुरा बुढीगंगा नगरपालिकामा रहेका असहाय तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

बाजुरा बुढीगंगा नगरपालिकामा ५ नवाघर भई रोजगारको सिलसिलामा दुबईमा रह्नु भएका समाजसेवि हिक्मत थापाको आर्थिक सहयोग र बाजुरेली सेवा समाजको समन्वयमा बुढीगंगा नगरपालिकामा रहेका असहाय तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष चेतन बहादुर थापाले बताए ।

बुढीगंगा नगरपालिका नगरप्रमुख दिपक विक्रम शाह,वडा नम्बर ५ का अध्यक्ष केशव थापा,नेकपा बाजुरा जिल्ला सदस्य भरत थापा,भानोदय उच्च माध्यमिक विद्यालयका पुर्व प्रध्यापक रंग बहादुर खाती ,लगायतको रोहबरमा पिडितहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।