कोभिड संक्रमित सुदूरपश्चिमका कानुन मन्त्री शाह अस्पताल भर्ना

everest kitchen

धनगढी । कोभिड-१९ संक्रमण पुष्टि भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् । मन्त्री शाहलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

१५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा रहेका थिए । एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री शाहलाई बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो ।

नाकबाट रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ । शाहको स्वास्थ्य सुधारको क्रममा रहेको र केहि दिन थप उपचार गर्नुपर्ने बताएको छ । थप स्वास्थ्य अवस्था बारे पनि चेकजाँच गर्नुपर्ने बताएको हो ।