समस्यामा राष्ट्रपति सक्रिय हुनु मर्यादाको उल्लङ्घन : भिम रावल

everest kitchen

 

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले पार्टीको आन्तरिक राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय रहनु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा भएको बताएका छन् ।

“नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।” नेता रावलले सामाजिक सञ्जाल व्टीटरमा लेखेका छन् ।

केहि दिन अघि राष्ट्रपति विद्यादेवि भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई शितल निवासमा बोलाएर पार्टी एकतामा मज्बुद बनाउनमा भूमिका खेल्न आग्रह गर्नु भएको खबर बाहिरिएको थियो ।