नेकपा सचिवालय बैठक सुरु, ओलीसहित पौडेल, थापा र पोखरेल अनुपस्थित

everest kitchen

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा सुरु भएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार समसामयिक विषयमा छलफल हुनेछ । नेकपाभित्र बढेको आन्तरिक विववादकाबीच धुम्बाराहीमा सुरु भएको बैठकमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी छैनन् ।

बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी छन् । यी तीनजनालाई प्रधानमन्त्री ओलीले बैठकमा नजान निर्देशन दिएको बताइएको छ ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाएका हुन्