मलेसियामा कोभिडका नया बिरामि बढेकाे बढेकै, आज सबैभन्दा बढि १७ सय ५५ जना भेटिए

everest kitchen

 

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ७५५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।

मलेसियामा हालसम्म ३८ हजार १८९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ७ सय २६ जना निको हुदा हालसम्म २६ हजार ३८० जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ११ हजार ५३० जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा ५ सय माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार ११ हजार ५३० जनामा संक्रमण सक्रिय रहेको छ ।