मलेसियामा डिसेम्बर ६ सम्मको लागि सिएमसिओ थपियो, निषेधाज्ञा नियम पहिलेको भन्दा बढी राज्यमा थपियो

everest kitchen

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेको बढ्यै गरेपछि मलेसियामा सिएमसिओ (शर्सत आवागमन निषेधाज्ञा) डिसेम्बर ६ तारिख सम्मको लागि थप गरिएको छ ।
मलेसियाका बरिष्ठ रक्षामन्त्री दातो स्माइल सब्रि याकोबले दैनिक प्रेस विज्ञप्ति जारी गर्ने क्रममा उक्त कुराको जानकारी गराएका हुन् । मलेसियाको पेनिन्सुइलर स्थित ३ राज्यमा मात्र लगाइएको सिएमसिओ नियम अब थपिएर केडाहा, पेनाङ, नेगरी सेम्बिलान, मलक्का, पेराक, जोहोर र तेरागांनु राज्यमा पनि लागु हुनेछ ।
यहि नोभेम्बर ९ तारिखसम्म लगाइएको सिएमसिओ देशभर कोरोना संक्रमित रोक्न खासै प्रभावकारी नभएपछि डिसेम्बरसम्म थपिएको मन्त्री याकोबले बताए ।