संसारभर कोरोना संक्रमितको संख्या ५ करोड कट्यो, १२ लाख भन्दा बढीको मृत्यु

everest kitchen

सन् २०१९ को अन्तिम तथा २०२०को सुरुवात देखि चाइनाबाट सुरुवात भएको कोरोना भाइरसको महामारी संसारभरी फैलिएसँगै आजसम्म संक्रमित व्यक्तिको संख्या ५ करोड कटेको छ ।
सुरुमा सामान्य रुघाखोकिकै जस्तो लक्षण देखिएको यस भाइरस संसारभरी फैलिएसँगै मृत्यु हुने मृतकको संख्या १२ लाख ५० हजार भन्दा बढी पुगिसकेको छ ।
यस भाइरसको संक्रमण सबैभन्दा बढी अमेरिकामा १ करोड भन्दा बढीमा देखिएको छ भने दोश्रोमा भारत ८५ भन्दा बढीमा यो संक्रमण देखिएको छ । त्यसैगरि तेश्रोमा ब्राजिल ५६ लाख भन्दा माथिमा देखिएको छ भने चौथोमा रसियामा १७ लाख भन्दा बढीमा यो भाइरस देखिएको छ ।
सुरुवाति दिनमा नेपाल सरकारको कडीकडाउका कारण खासै नेपालमा फैलिन नपाएको यो भाइरस भारत लगायत विदेशबाट आउने व्यक्तिहरुबाट अनियन्त्रित सर्न थालेपछि नेपालमा पनि यो भाइरस १ लाख ९० हजार भन्दा बढी व्यक्तिमा देखिइसकेको छ ।
कोरोना भाइरस सम्बन्धि डाटा प्रदान गर्ने वल्र्डओमिटरका अनुसार हालका दिनहरुमा प्रत्येक दिन ४ देखि ५ लाख मानिसमा यो रोग सरेको देखिन्छ भने प्रत्येक दिन ७ हजारको हाराहारीमा मृत्यु भईरहेको देखिन्छ ।