सांसदहरूको दशै भत्ता भ्रष्टाचार भएको छैन : प्रधानमन्त्री ओली

everest kitchen

 

काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले दशैँको भत्तामा भ्रष्टाचार नभएको दाबी गरेका छन् । एक टेलिभिजन कार्यक्रमको कुराकानीका क्रममा संसदहरुले पाएको दशैँ भत्ता कोरोना कोषमा जम्मा गरिसकिएको बताउदै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन ।

’सांसदहरु आक्रमणको निशाना हुनु राम्रो होइन। सांसदहरुले खाएकै छैन तर खाए भनेर हल्ला चलाउनु उचित हो र? उनीहरुले कति पारिश्रमिक पाउँछन्?’, उनले भन, ’उनीहरुको दशैँ भत्ता त कोभिड कोषमा हालेकै छ। दशैँ भत्ता भनेर कोभिड कोषमा हालिरहेको छ। तर किन खाइरहेका छन् भनेर विरोध हुन्छ।’

कोरोना संकटमा पनि सरकारबाट संसदहरुलाई दशैँ भत्ता दिएको र संसदहरुले भत्ता दिएको विषयमा सरकार र संसद दुबैको चर्को विरोध र आलोचना भएको थियो । चर्को आलोचना पछि संसदहरुले आफूले पाएको दशैँ भत्तालाई कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका थिए ।