पूर्वसांसद लामाको निधन

everest kitchen

काठमाडौं । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उहाँको आज निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।

उनको विगत दुई वर्षदेखि मधुमेह र उच्चरक्तचाप रोगले गर्दा दुवै मिर्गाैला काम नलाग्ने भएपछि उपचारका लागि स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको थियो । सांसद लामा २०५६ सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट र २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

उनी २०४९ सालमा मकवानपुर जिल्ला सभापतिमा निर्वाचित भएका थिए । तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका लामा २०३३ सालमा नख्खु जेल विद्रोह (बे्रक) गरेर बाहिर निस्की जनसमुदायमा राजनीतिक र सामाजिक परिवर्तनका निम्ति भूमिगत रुपमा भूमिका निभाएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष लामाले बताए ।