मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ अौं बार्षिक सधारणसभा सम्पन्न

everest kitchen

कृष्ण गुप्ता 

कलैया । बारा जिल्ला कलैया उप–महानगरपालिकाको वडा नं. २३ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष सत्येन्द्र ठाकुरले दीप प्रज्वल गरेर गरेका हुन ।

आर्थिक बर्ष २०७६।०७७ मा संस्थाले २ सय १० शेयर सदस्यहरु बीच करिब १ करोड रुपैयाको कारोबार गरेको छ । संस्थाको कुल पुँजी १ लाख ६ हजार ७ सय ६९ रुपैया रहेको छ भने निक्षेप बचत ६९ लाख ७५ हजार ५ सय ८४ रुपैया रहेको बताएको छ ।

सहकारीले आर्थिक बर्षमा १५ लाख २२ हजार ९ सय ४० रुपैया नाफा आर्जन गरेको संस्थाका ब्यवस्थापक शम्भुनाथ महतो कोइरीले जानकारी दिए । साधारण सभामा संस्थाका लेखा संयोजक मानिकचन साहले सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले सहकारीको बिगतको कार्यको समिक्षा गर्दै र भावी रणनितीको बिषयमा जानकारी दिए । शेयर सदस्यहरुलाई संस्थाले ३ प्रतिशत लाभाँस बितरण गर्ने लेखा संयोजक साहले बताए ।

संस्थाका अध्यक्ष झकड महतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको सचिव बिजय कुमार पटेलले स्वागत मन्तब्य राखृका थिए । उनले संस्थाको आर्थिक र दुर्बल पक्षको चर्चा गर्दै कारोबार बढाउने बिभिन्न आयामको बिषयमा सहभागिहरुलाई जानकारी दिएका थिए ।

कर्यक्रममा ओम साकोसका अध्यक्ष अमिचन महतो, जनस्वास्थ्यका कर्मचारी रिसिदेव साह कानु, लेखापरीक्षक शशिभुषण चौधरी, समाजसेवी काशिनाथ साह लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।