ओली पक्षको भेला, पूर्व एमाले एक ठाउँमा ल्याउन नेता पोखरेलको निर्देशन

everest kitchen

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको आन्तरिक विवादकाबीच ओली समूहको भेला भएको छ । पछिल्लो आन्तरिक विवादकाबीच काठमाडौंको बसुन्धारामा ओली समूहका नेताहरुको भेला भएको हो ।

भेलामा माधव नेपाल समूहको भने अनुपस्थिति रहेको थियो । भेलालाई सचिवालय सदस्य समेत रहेका नेता ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेलामा पार्टी संकटमा रहेको भन्दै एमालेलाई एक ठाउँमा ल्याउन भुमिका खेल्न पोखरेलले निर्देशन समेत दिएका छन ।

यो पनि पढ्नुहोस् … बालुवाटार पुगे माधव नेपाल
नेता पोखरेलले जवजको विचारलाई अगाडि सारेर एमालेलाई एक ठाउँमा ल्याउन पोखरेलले निर्देशन दिएको जनाइएको छ ।

नेकपा काठमाडौं जिल्ला अध्यक्ष राईका अनुसार, भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले भेलामार्फत आग्रह गरेका हुन् । पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको राईको भनाई छ । उनले भने, ‘हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पुर्‍याउनु होइन’,

यो पनि पढ्नुहोस् … बालुवाटार पुगे माधव नेपाल
उनले पार्टी विवाद चर्किरहँदा त्यसका लागि पहलकदमी लिनुपर्छ भनेर भेला राखिएको बताए । शनिबार दिउँसो भएको भेलामा पूर्व माओवादी पक्षलाई भने बोलाइएको थिएन । ‘अहिलेसम्म पूर्व भन्ने नै छ, त्यसैले एमालेलाई मात्रै बोलाइएको हो’, राईले भने । पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए । नेटवर्क