उपत्यकामा १ हजार ४ सय २८ जना कोभिड संक्रमित थपिए

everest kitchen

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको नमुना परीक्षण गरिएकोमा थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछील्लो २४ घण्टामा १७ सय ९८ जना कोरोनामुक्त भएर घर फर्केका छन् भने यस्तै १८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म १ हजार १२६ जनाको कोभिड-१९ को कारण ज्यान गएको छ ।