झापाको दमकमा अक्सिजनसहित ३० शैय्याको कोभिड अस्पताल

everest kitchen

झापा । झापाको दमकमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । दमक नगरपालिकाले दमक अस्पताल मातहत रहने गरी ३० शैय्याको कोभिड अस्पताल आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा लक्षणसहित स्वास्थ्यमा समस्या देखिएका कोरोना संक्रमितको उपचार गरिने दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताए। उपप्रमुख अधिकारीका अनुसार अस्पतालका लागि दुई जना मेडिकल अफिसर र दुई स्टाफ नर्स आवश्यक भएकोले नियुक्तिका लागि विज्ञापन खुलाएको समेत जानकारी दिए।

कोभिड अस्पताल दमक–२ स्थित बेल्डाँगी एकको तत्कालीन समयमा शरणार्थी बसेको स्थानमा बनाइएको छ । तत्कालीन समयमा भुटानी शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवनमा कोभिड उपचार केन्द्र सञ्चालन गरिएको हो ।