काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७३६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ७३७जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । यो सङ्ख्या करिब ३ हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ३५ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
यस्तै नेपालमा गएको २४ घण्टमा हजार ८५३ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या सङ्ख्या पनि तुलनात्मक रुपमा बढिरहेको छ ।
हालसम्म नेपालमा १ हजार १४८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा २२ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।