कर्मचारीमा कोभिड पोजेटिभ देखिएपछि सल्लाघारी यातायात कार्यालय बन्द

everest kitchen

 

काठमाडौं । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भक्तपुरको यातायात व्यवस्था सेवा कार्यालय बन्द भएको छ। कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरुलाई संक्रमण देखिएपछि गत आइतबारदेखि सेवा बन्द गर्नु परेको कार्यालयले जानकारी दिएकाे हो ।

कार्यालयले अर्को सूचना नआएसम्म सेवा बन्द रहने सूचना जारी गरेको छ। भक्तपुरको कार्यालय बन्द रहेपनि उपत्यकाका अन्य कार्यालय भने खुल्ला रहने छ। यधपी यसअघि सुचना प्रकाशित गरेर बन्द रहेका कार्यालय भने तोकिएको मितिमै खुला रहेनछन् ।

यसअघि पनि उपत्यकाका ठूलो भर्याङ, सतुङ्गल लगायत कार्यालयका कर्मचारीहरुलाई कोरोना देखिएपछि सेवा बन्द गरिएको थियो । सेवाग्राहीको हिसाबले सबैभन्दा बढी भिडभाड हुने सरकारी कार्यालयहरुमा यातायात कार्यालय पनि प्रमुख हो ।