मध्यप्रदेशमा भाजपाको १९ सिट जितसंगै सरकार बच्यो

everest kitchen

ऐजेन्सी । गत मंगलबार भारतको बिहारको विधानसभा निर्वाचनका साथै अन्य केही राज्यमा पनि उपनिर्वाचन भएको थियो । जसमध्येको सबैभन्दा महत्वपूर्ण उपनिर्वाचन मध्यप्रदेशको मानिएको थियो । यो राज्यमा २८ सिटमा उपनिर्वाचन भएको थियो ।

उक्त निर्वाचनमा भाजपाले १९ सिटमा जित हात पारेको छ । कांग्रेसले ९ सिटमा जित हात पारेको छ । गत मार्चमा कांग्रेस विधायकहरुले राजीनामा दिएका थिए । जसको कारण अल्पमतमा आएको कमलनाथको सरकार ढलेको थियो । त्यसपछि शिवराज सिंह चौहान मुख्यमन्त्री बनेका थिए । त्यसैले आफ्नो सरकार बचाउन शिवराज सिंह चौहानलाई यो उपनिर्वाचनमा जित हात पार्नु आवश्यक थियो ।

मार्चमा राजीनामा दिने विधायकहरु ज्योतिरादित्य सिंधियाका समर्थक थिए, जो पछि सिंधियासँगै भाजपामा प्रवेश गरेका थिए । मध्यप्रदेशमा भाजपाले जित हात पारेसँगै भारतीय गृहमन्त्रीले शिवराज सिंह चौहानलाई बधाई दिएका छन् । त्यस्तै शिवराज सिंह चौहानले पनि कांग्रेसको झुट र दम्भको पराजय भएको बताएका छन् । उनले झुटको कारण सत्य समस्यामा पर्न सक्ने भए पनि पराजित भने नहुने बताए । त्यस्तै मंगलबार भएको उत्तर प्रदेश, तेलंगना, गुजरात, कर्नाटक, मणिपुरमा भाजपाले जित हात पारेको छ । बिबिसी