दाङमा महिलालाई बोक्सीको आरोप लगाउने तीन जना प्रहरी नियन्त्रणमा

everest kitchen

 

तुल्सिपुर । दाङको घोराही र तुलसीपुरबाट महिलालाई बोक्सीको आरोप लगाउने ३ जना पक्राउ परेका छन । प्रतिस्ठामा आच पुय्राउन बोक्सीको आरोपमा गालीगलौज गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी सुमित खड्काकाअनुसार पीडित महिलाले बोक्सी भन्दै गाली गलौज गरी आफ्नो इज्जत÷प्रतिष्ठामा आँच पुर्याएको भनी जाहेरी दिएपछि घोराही उपमहानगरपालिका–१६ की २८ वर्षीया दिपा बाठाँमगर र ४५ वर्षीया नौमती महरालाइ प्रहरीले पक्राउ गरेको हो ।

यस्तै कात्तिक १५ गते तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ३० वर्षीया एक महिलालाई बोक्सी भन्दै गालीगलौज हातपात समेत गरेको जहेरीको आधारमा सोही वडास्थित संगीतनगर टोल बस्ने देबबहादुर परियारलाई पक्राउ परेका प्रवक्ता खड्काले जानकारी दिए ।