मलेसियामा एक नेपाली युवाले नेपाली युवतिको ज्यान लिए

everest kitchen

काठमाडौं । मलेसिया स्थित क्लाङ शहरमा नेपाली रेष्टुरेन्टमा कार्यरत नेपाली युवति आरतिमाया (आरति) मगरको छुरा प्रहार गरि ज्यान लिएको  छ ।
पुरानो चिनजान कै व्यक्ति मातेर उनि कार्यरत रेष्टुरेन्टमा प्रवेश गरि उनि काम गर्दागर्दैको अवस्थामा छुरा प्रहार गरेको खुल्न आएको छ । मृतक आरति मगरको शव हस्पिटलमा राखिएको छ भने प्रहरीले छुरा प्रहार गर्ने आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । आक्रमणकारीको नाम गणेश रहेको थाहा हुन आएपनि मृतक मगरलाई छुरा प्रहारगरि आफै पनि बेहोश भएकोले आक्रमणको कारण भने खुलेको छैन । केे कति कारणले लिएको भन्नेे बिषयमा  मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।