जोखिम भत्ता नपाएपछि ७ जना डाक्टरबाट राजिनामा

everest kitchen

 

बुटवल । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन् । अस्पतालमा कार्यरत ७ जना मेडिकल अधिकृतहरुले तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका हुन् ।

डाक्टरहरुले सामुहिक राजीनामा दिएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको र मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जएको भएता पनि अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन् ।

डाक्टरहरुले काम छाडेपछि आईसीयू लगायत सबै उपचार सेवा सेवा प्रभावित भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन ।